PIM NEPAL

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनु भएको थियो । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मान बाट बरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित हुनु भएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो । त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मान चर्चित संचारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान(गीतकार÷पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मानित गरिएको थियोे ।
“नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लिएर विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उदेश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिनु भयो । विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विधाहरुमा अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’ अध्यक्ष खरेलले बताउनु भयो । नेपाली सहित अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो

कार्यक्रममा चलचित्र विकास बोर्ड, साँफेबगर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, ओम समाज डेन्टल हस्पिटल, टोखा नगरपालिका, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट सर्भिस ईन, आईआईफटी, सिटि सेन्टर फुर्डकोर्ड, एभेन्टोज लगायतले सहयोग गरेका थिए । निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा बरिष्ठ संगीतकार जुगल डंगोल, बरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी “भावुक”, चर्चित संगीत संयोजक साहास शाक्य, चर्चित लोक गायक अमृत खाती, मोडलराज टाईगर, निर्देशक केशव राज भट्ट रहेका थिए भने जुरीहरुको ब्यवस्थापन अडियो तर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा “स्माईल” र भिडियो तर्फ निम अवार्डका ब्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए ।

अवार्ड विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भाव राम प्रसाद अवस्थीः उठौं जनता उठौं
सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) मेनुका थापाः उठ उठ्नै पर्छ
सर्वोत्कृष्ट गजल गीता सापकोटा हुमागाईः किन
सर्वोत्कृष्ट आधुनिक गीतकार जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया
सर्वोत्कृष्ट लोक/पप गीतकार लिला राज काम्वाङः छुट्ने वेला
सर्वोत्कृष्ट लोक/पप गीतकार (जुरी) डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप)
सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले
सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट) द्रोण पराजुलीः सुचना र प्रविधि यो
सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ
सर्वोत्कृष्ट लोक/पप गायन शोभा पाण्डेः डल्ले खुर्सानी
सर्वोत्कृष्ट लोक/पप गायन (जुरी) अर्जुन खरेलः दुई चुल्ठी
सर्वोत्कृष्ट युगल गायन साईराज खाती/मुना ठटालः छुट्ने बेला
सर्वोत्कृष्ट युगल गायन (पब्लिक च्वाईस) रुद्र शेखर शर्मा ः के होला भोली
सर्वोत्कृष्ट दोहोरी शब्दनिश्चल दवाडीः कस्मीरे पच्छ्यौरी
सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड) किस्ना आचार्य (रोशनी)ः निरि मायाको
सर्वोत्कृष्ट दोहोरी लय शान्त शिशिरः बेसारे माया
सर्वोत्कृष्ट दोहोरी गायक हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी
सर्वोत्कृष्ट दोहोरी गायिका सिमा थापाः दमौलीमा गेट
सर्वोत्कृष्ट नव गीतकार रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला
सर्वोत्कृष्ट नवगायक सन्तोष कुमार तामाङः कसले बनायो पैसा
सर्वोत्कृष्ट नवगायिका निरुता राईः आउ आउ
सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्रः थाहै थिएन दिल
सर्वोत्कृष्ट एरेन्जर रिदम कँडेलः अधुरो सपना–२
सर्वोत्कृष्ट भिडियो निर्देशक प्रकाश धितालः गन्र्दव बाहुन
सर्वोत्कृष्ट कोरियोग्राफर पुनम श्रेष्ठः आउ आउ
सर्वोत्कृष्ट छायाँकार उत्सव दाहालः आमा ए आमा
सर्वोत्कृष्ट सम्पादक राजेश कुमारः सुनौली कोल .
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष एलपी शर्माः मनमा पर्यो चोट
सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखीः भुल्नै गाह्रो भो
सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) जुना कार्कीः झरी
सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठः सानै छु भेना
सर्वोत्कृष्ट दोहोरी मोडल महिला सुजिना गोलेः दर्पण बनाई हेर्छु
सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी) अस्मिता पुरीः फुल माया
सर्वोत्कृष्ट नवमोडल पुरुष कुन्दन गुप्ताः हामी छुट्ने दिन
सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) कैलाश कठायतः बोली झर्कै छ
सर्वोत्कृष्ट नवमोडल महिला निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ
सर्वोत्कृष्ट नेपाल भाषा गीतकार सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु
सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु
सर्वोत्कृष्ट नेपाल भाषा गायन राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि
सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ सुदित श्रेष्ठः कतांमरिया रुप छंगु
सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन दर्शनबीर शाक्यः नाप च्वने मदुसां
सर्वोत्कृष्ट काँठे गीत सुजता के.सीः आलु तामाले
सर्वोत्कृष्ट डेउडा गीत महेश कुमार औजीः ए ईजु गैग्यो परान
सर्वोत्कृष्ट मैथली गीत विरेन्द्र झाः मिथिला धाम
सर्वोत्कृष्ट मैथली गीत (जुरी) डा.पूनम सिन्हाः मेघ मलहार
सर्वोत्कृष्ट तामाङ सेलो सन्जोक योन्जनः मायामा नेल
सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस) टिका बमजनः तामाले बोली फेर्दैन
सर्वोत्कृष्ट भाषाभाषी गीत पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)
सर्वोत्कृष्टडायस्पोरा (मोडल) प्रतिक्षा लिम्बुः छुट्ने बेला
सर्वोत्कृष्ट डायस्पोरा (गायिका) निता आचार्यः चुपचाप
सर्वोत्कृष्टप्रत्यक्ष दोहोरी गायन  सुभद्रा श्रेष्ठ
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन (जुरी) मालती मगर
सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीकामीदाईको घनठोकाई र
सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *